
उदयपुर।
जिल्ला प्रहरी कार्यालय उदयपुरले शुक्रवार इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको सहयोगमा प्रतिबन्धित लागु औषधका रुपमा रहेको गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्हरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको गस्तीमा खटिएको प्रहरी टोलीले उदयपुर कै चौदण्डीगढी नगरपालिका वडा नं १ रानीटारबाट सोही ठाउँ बस्ने वर्ष ४१ कि रत्नमाया श्रेष्ठको घरबाट ११४३.२७५ किलोग्राम प्रतिबन्धित लागु औषध गाँजासहित २ जनालाई शुक्रवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा चौदण्डीगढी नपा १ बसने घरधनी रत्नमाया श्रेष्ठ र सोही ठाउँ घर भएकी वर्ष ४२ की कमला श्रेष्ठ रहेको र उनीहरु दुबै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा राखेर थप अनुसन्धान गरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।