
बैतडी । सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बैतडीबाट खेलाडी छनोट गरिएका छन् । हालै पुर्चौडी नगरपालिकामा सम्पन्न १५ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरेर ७० खेलाडी छनोट गरिएका हुन् । बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले भने जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा खेलाडी छनोट गरिएका हुन् ।
छनोट हुने खेलाडीमा छात्र र छात्रा भलिबलमा नौ-नौ, कबड्डी छात्र र छात्रामा नौ-नौ, एथ्लेटिक्समा छात्र र छात्रा गरेर ११-११ जना र कराँतेमा छ-छ खेलाडी छनोट भएका छन् ।पुर्चौडीमा सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दशवटै स्थानीय तहको सहभागिता रहेको थियो ।
छनोट भएका खेलाडीले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका जनाउने जिल्ला खेलकुद समितिले जनाएको छ । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही महिना हुने भनिए पनि मिति भने तय भएको छैन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।