२५ असोज , रुपन्देही – श्रीमती कुटेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले श्रीमानलाई पक्राउ गरेको छ ।
ओमसतिया गाउँपालिका–६ की २२ वर्षकी लक्ष्मी चौधरी धोवीलाई कुटपिट गरी फरार रहेका श्रीमान बिरु विश्वकर्मालाई रोहिणी गाउँपालिका–२ पोखरभिण्डीबाट पक्राउ गरिएको हो ।
विश्वकर्माले श्रीमतीलाई असोज १२ गते धारिलो हतियारले घाँटीमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते लक्ष्मीको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।