२५ असोज , काठमाडौँ – आज अन्तर्राष्ट्रिय बालिका दिवस, प्रत्येक वर्ष अक्टोबर ११ का दिन अन्तर्राष्ट्रिय बालिका दिवस मनाउने गरिन्छ ।
संसारभरका बालिकाको अधिकार र उनीहरुले भोग्नु परेको चुनौतीका बारेमा छलफल र चेतना जगाउने उदेश्यले राष्ट्र संघले अक्टोबर ११ तारिखलाई बालिका दिवसको घोषणा गरेको थियो ।
यस वर्षको बालिका दिवस विभिन्न कारणले विश्वमा आउने विपदका क्रममा, विपद अघि र पछि बालिकाहरुले सामना गर्नुपर्ने चुनौती तथा अवसर पहिचान तथा ध्यानाकर्षणको सुरुवातका रुपमा मनाइदैछ ।
अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा सामुदायिक रेडियो प्रशारक संघ अकोराब र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलको सहकार्यमा टेक ओभर कार्यक्रम हुँदैछ । टेक ओभर कार्यक्रममा तीनसय किशोरी सहभागी हुँदैछन् । यो पटक यसअघि कहिल्यै रेडियोमा काम नगरेका बालिकाले सम्बन्धित रेडियो बहसमूलक रेडियो कार्यक्रम चुलाउने अकोराबले जनाएको छ ।