
मुगु।
मुगुको रारामा पहिलोपटक संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले १३ दिने बृहत् रारा पर्यटन महोत्सव हुने भएको छ । मनमोहक राराको दृश्यावलोकन र समग्र कर्णालीको पर्यटन विकासका लागि बृहत् रारा–पर्यटन महोत्सव हुने हरिराधा एच आर मिडिया हाउसका सदस्य शान्तराम सेन्चुरीले बताएका छन्। सेन्चुरीका अनुसार राराको संरक्षण र मुगुको कला र संस्कृति विकासको उथान्न गर्न बृहत् रारा महोत्सव गर्न लागिएको हो ।
पर्यटन, धार्मिक सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रुपमा रहेको मुगु र रारा क्षेत्रको प्रबद्र्धनका लागि सरोकारवालासँग सहकार्य गरेर जेठ १८ गते बाट ३१ गते सम्म रारा महोत्सव गर्न लागेको आयोजक समितिका संयोजक नरेश भामले जानकारी दिए। कर्णालीको मुगु आफैंमा धार्मिक, संस्कृतिक तथा प्राकृतिक हिसाबले संसारकै पर्यटकीय गन्तव्य रहेकोले यहाँको प्रचार प्रसाचार गर्न लाई एच आर मिडाया हाउसको सहयोगमा र हामी समितिको व्याक्तिगत लगानीमा राराको बाम्नी चौरमा पहिलोपटक बृहत् महोत्सव हुनलागेको भामले बताए।
आयोजन समितिका अनुसार राराको बाम्नि चौरमा हुनलागेको उक्त महोत्सवमा होटल व्यावसायी गर्नेलाई उक्त अवधि भर प्रति स्टल ४० हजार शुल्क रहने छ। त्यसैगरी कपडा र खाद्यान्न व्यापार गर्ने स्टल लाई १३ दिन अवधि भरमा १५ हजार रहने छ। स्थानीय रैथानी वालीको व्यापार गर्नेलाई ३०प्रतिशतले छुट दिने निर्णय भएको भामले बताए। ‘कर्णाली को मुगु आफैमा साँस्कृतिक तथा जैविक विविधता भएको क्षेत्र हो । यहाँ आर्थिक स्रोतका लागि पर्यटनसँगै जलविद्युत, कृषि अर्ग्यानिक र बहुमूल्य जडिबुटीको पकेट क्षेत्र हो,’ उनले भने , ‘यस क्षेत्रको समृद्धिका लागि मुगुको रारा महोत्सवले सौन्दर्य र पर्यटनमा नयाँ आयम थप्नेछ ।’
मुगुमा आज सम्म निजी लगानिमा कुनै पनि ठुलो महोत्सवको आयोजना भएको छैन । यो महोत्सव पहिलो पटक आयोजना हो यस अघि २०५८ सालमा पहिलो र २०६२ साल दोर्सो रारा महोत्सव भएका थियो यी महोत्सवको आयोजना तत्कालीन जिल्ला विकास समितिले गरेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।