
सुर्खेत ।
नेपाल क्रिकेट संघका पूर्व वरिष्ठ उपाध्यक्ष स्व तारिणीविक्रम (टी.बी) शाहको स्मृतिमा पहिलो पटक आयोजना भएको १६ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन कोशी र मधेश प्रदेश विजयी भएका छन् ।
सोमबार पहिलो दिन वीरेन्द्रनगर मैदानमा भएको खेलमा मधेशले सुदूरपश्चिमलाई ७ विकेट र कालु∙चोक मैदानमा भएको अर्को खेलमा मधेशले कर्णालीलाई ९२ रनले निराश बनाउँदै ३ −३ अंक हात पारेका हुन् ।
टस जितेर पहिला ब्याटिंग रोजेको मधेशले निर्धारित ५० ओभरको खेलमा ४७ ओभरसम्म खेल्दा आप्mना सबै विकेट गुमाएर २ सय १४ रनको लक्ष्य खडा गर्यो ।
घरेलु मैदान र दर्शकको साथ पाएको कर्णाली भने २५ ओभर ४ बलमा अलआउट हुँदासम्म जम्मा १ सय २२ रन मात्र जोड्न सफल भयो ।
पहिलो ईनिंगको ओपनरका रुपमा आएका मधेशका कप्तान परिमर्जन यादवले टिमलाई तीव्र शुरुवात दिलाउने क्रममा १ सय ४ को स्ट्राईक रेटसंगै २५ बलमा २६ रन जोड्दै टिमका लागि जीतको बलियो जग बसाले ।
उनैले बनाएको जगमा उभिएर खेलेका मधेसका सलमान अलि मनसुरीले सर्वाधिक ४२ सन्तु मण्डलले २८ रनको योगदान दिंदा रोहन यादव र अभय यादवले आप्mनो तर्फबाट समान २०−२० रन थपे ।
कर्णालीका कप्तान विपिनप्रसाद शर्माले अपेक्षित प्रदर्शन गर्दै १० ओभर बलिंग गर्दा ७ मेडेन र ५७ डट कायम राखे भने जम्मा ३ रन खर्चेर २ विकेट लिएर घरेलु दर्शकलाई सान्त्वना दिए ।
खराब क्षेत्र र क्षण र अतिरिक्त रन कर्णालीको मुख्य कमजोरीका रुपमा देखियो भने ब्याटिंगमा ओपनरबाहेक टप तथा मिडल अर्डरका ब्याटर जम्न नसक्नु अर्को दुर्भाग्य बन्यो ।
पाहुना टोलीलाई २१ कोशेली दिएको कर्णालीका लागि महंगा सावित भएका रोशन शाहीले पूरा १० ओभरमा १० वाइड र १ नोबल फाले भने नवीन न्यौपानेले ८ ओभर बलिंग गर्दा ४६ रन थपेर दिए ।
एकपछि अर्को विकेट झारेर शुरुवाती अग्रता दिलाउने क्रममा कैलाश खड्का, विजय बोहोरा र निश्चल हमालले समान २−२ विकेट लिएपनि मधेशलाई ठूलो स्कोर बनाउनबाट रोक्न भने असफल रहे ।
२ सय १५ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको कर्णालीका लागि ओपनर कौस्तुभ खड्काले ३१ बलमा २५ रन जोड्दै आक्रामक शुरुवात गर्ने लक्षण देखाए तर उनलाई ननस्ट्राईकमा टिकेर सघाउने अर्को ब्याटर नहुँदा कर्णालीले लय गुमाउँदै गयो ।
त्यसपछि एकैचौटी छैठौं नम्बरमा क्रिजमा आएका विजय बोहराले १५ र सातौं नम्बरमा क्रिजमा आएका विजय शाहीले १९ जोड्न बाहेक अरु कुनै ब्याटरले सन्तोषजनक प्रदर्शन गर्नसकेनन् ।
त्यसअघि सकिएको अर्को खेलमा पूर्वको कोशी प्रदेशले सुदूरपश्चिमेली टोलीलाई हराउँदै पहिलो जितको रेकर्ड बनाएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर रंगशालामा भएको उद्घाटन खेलमा सुदूरपश्चिममाथि ७ विकेटको फराकिलो जीत निकाल्दै कोशीले पहिलो प्रतियोगिताको पहिलो खेलमै पहिलो जीत निकाल्दै रेकर्ड बनाएको हो ।
टस जितेर फिल्डिंग रोजेको कोशीले बलिंग र फिल्डिंग दुबैमा नियन्त्रण राख्दै सुदूरपश्चिमेली टोलीलाई जम्मा १८ ओभर ३ बलमा अलआउट गराउँदासम्म १९ रन अतिरिक्तसहित जम्मा १ सय १ रन जोड्ने मौका दियो ।
सुदूरका लागि २२ बलको सामना गरेका अविरल विकले चार चौकासहित २८ रनको योगदान दिंदा विक्रम बोहोराले ३० बलमा उत्तिकै बाउण्ड्रीसहित २० रन जोडे । अन्य कुनै ब्याटरले दोहोरो अंकको आँकडा छुन नसक्दा कोशीले सजिलो लक्ष्य पायो ।
कोशीका लागि निकै किफायति र प्रभावकारी सावित भएका राजीव महतोले ५ ओभर ३ बलमा ३ दशमलव ८२ को औषतमा २१ रन खर्चिएर ५ विकेट लिए । निकै अनुशासित बलिंग गरेका महतोले २३ डट खेल्दा २ ओभरको मेडन मेन्टेन गरे ।
बलिंग र फिल्डिंगलाई जीतको बलियो आधार बनाएको कोशीका लागि हरेराम सिंहले ३ र सुयोग भट्टाराईले १ विकेट लिंदै सुदूरलाई पहिलो जीतबाट विमुख गराए।
१ सइ २ रन्क्ँे सहज लक्ष्यसहित जवाफी ब्याटिंगमा उत्रिएको कोशीको पहिलो जीतमा शिवांश बजगाईँको ३४ रनको पारी महत्वपूर्ण बन्यो ।
२६ बल खेलेका शिवांशले ६ चौका ठोक्दा उनलाई पछ्याएका प्लेयर अफ दि म्याच राजिव महतोले नटआउट ३० रन बटुलेर टिमको जीत सहज बनाए । ५९ रन खेलेका महतोले ५० को औसतमा ४ चौकासहितको व्यक्तिगत स्कोर खडा गरे ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजना, प्रदेश क्रिकेट संघको सह आयोजना तथा जिल्ला क्रिकेट संघको व्यवस्थापनमा पहिलो पटक क्यानको औपचारिक प्रतियोगिता कर्णालीमा भएको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।