
काठमाडौं । कान्तिलोकपथ काठमाडौं – हेटौंडा -सडक चार दिन पूर्ण रुपमा बन्द हुने भएको छ । लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्न गर्न लागिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै यही जेठ २१ गतेदेखि २४ गतेसम्म सडक पूर्ण रुपमा बन्द हुने जानकारी दिएको छ । यो अवधिमा हेटौंडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा जाने सवारी साधनलाई वैकल्पिक मार्गहरु कुलेखान-कलंकी-हुमाने वा कुलेखानी-सिस्नेरी-फर्पिङ सडक प्रयोग गर्न सकिने छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।