
काठमाडौं ।
काठमाडौं उपत्यकामा यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गरेका छन् । सरकारसँग सहमति भए पनि व्यवसायीहरुले उपत्यकामा गाडी सञ्चालन गरेका छैनन् । वार्तामा भएको सहमति कार्यान्वयनमा आउने पक्का भएपछि मात्रै बन्द फिर्ता गर्ने अडानमा व्यवसायीहरु छन् ।
सहमति भए पनि गाडी बन्द गर्ने सूचना जारी भए पनि उपत्यकामा सार्वजनिक यातायात फाट्टफुट्ट मात्रै चलेका देखिन्छन् । सवारी साधन नचलेपछि बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरू मर्कामा परेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवासम्बन्धी नियमावली जारी गरेपछि त्यसको खारेजीको माग गर्दै यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।