
ललितपुर।
ललितपुरको ठैवमा बिजुलीको पोल सार्ने क्रममा पोलले लागेर एक जनाको मृत्यु भएको छ । आज गोदावरी नगरपालिका–१४ स्थित सरस्वतीटार टोलमा बाटो निर्माणको सिलसिलामा जेसिबीले पोल अड्याउन नसक्दा उक्त पोलले थिचिएर स्थानीय ५५ वर्षीय रमेश शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त घटनापछि आक्रोशित स्थानीयले जेसिबीको दायाँपट्टीको सिसा फुटाइदिएका छन् ।
प्रहरीका अनुसार घटनास्थलमा ८०–९० जना स्थानीय जम्मा भएका थिए, प्रहरी टोलीले घटनालाई शान्त बनाउने प्रयास गरेको छ ।
मृतकको शवलाई परीक्षणका लागि पाटन हस्पिटल पठाइएको प्रहरीको भनाइ छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।