
काठमाडौं ।
साउथ वेस्टर्न स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी बसुन्धरा काठमाडौं र ग्रीन सिटी अस्पताल बसुन्धराबीच आपसी सहकार्य, छात्रवृत्ति तथा अस्पतालमा उपलब्ध सेवाहरूमा छुट प्रदान गर्ने गरी मंगलवार समझदारी भएको छ । समझदारीपत्रमा कलेजका तर्फबाट क्याम्पस प्रमुख ई. दीपकबहादुर धामी तथा अस्पतालका तर्फबाट अध्यक्ष लोकबहादुर टण्डनले हस्ताक्षर गर्नुभएको थियो । यो सहकार्यबाट अस्पताल तथा कलेजका कर्मचारी तथा विद्यार्थीहरू लाभान्वित हुने विश्वास लिइएको छ ।
समझदारीपत्रमा साउथवेस्टन स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीमा अध्ययनरत विद्यार्थीहरू तथा कलेजमा कार्यरत शिक्षक कर्मचारीहरू, अस्पतालले उपलब्ध गराउने सेवाहरूमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने र अस्पतालमा कार्यरत कर्मचारीका छोराछोरीहरूलाई कलेजले २० प्रतिशतसम्मको छात्रवृद्धि उपलब्ध गराउने उल्लेख छ । यसबाहेक दुवै संस्थाबीच विद्यार्थीहरूको लागि हेल्थ क्याम्प आयोजना गर्ने तथा इन्टर्नसीपको अवसर उपलब्ध गराउनेसमेत समझदारी भएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।