काठमाडौँ ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणले शहरी क्षेत्रमा १४ हजार वृक्षारोपण गर्ने भएको छ । विश्व वातावरण दिवसको अवसरमा जुन ५ देखि निरन्तर वृक्षारोपण गर्न लागेको हो । त्यसको सुरुआत पनि १५) वटा टिकोमाको बिरुवा बाग्मती कोरिडोर गोकर्णेश्वर नगरपालिकामा १ सय ५० बिरुवा रोपेर वातावरण दिवस मनाएको हो ।
वृक्षारोपण कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले गरेका थिए। उक्त कार्यक्रममा सङ्घीय सांसद सन्तोष चालिसे, गोकर्नेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल, शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल लगायतको उपस्थिति रहेको थियो।

वृक्षारोपण कार्यक्रमपछि बोल्दै उपप्रधानमन्त्री सिंहले बागमती लगायतका नदिहरुलाई ढलमुक्त बनाउन र काठमाडौँ उपत्यकालाई सुन्दर, सफा, व्यवस्थित सहर बनाउन प्राधिकरण, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति लगायतले काम गरिरहेको जानकारी दिए ।
‘ वृक्षारोपण गरेपछि रूख जोगाउने काम अरूले गरिहाल्छन् नि भनेर हुँदैन , रूख जोगाउन र नदीमा जथाभावी फोहोर मिसाउन नदिन स्थानीय समुदायले चासो राख्नुपर्छ–उनको भनाई थियो । सांसद सन्तोस चालिसेले गोकर्णेश्वर क्षेत्रको विकासका लागि बजेट बिनियोजन गरिदिएकोमा खुसी व्यक्त गरे । यसपालि यो क्षेत्रमा ४० करोड बढी बजेट शहरी विकास मन्त्रालयबाट बिनियोजन भएकोमा उपप्रधानमन्त्री सिंहको प्रशंसा गर्दै कोरिडोरमा रोपिएको बिरुवाको हेरचाह नगरपालिकाले गर्ने र यसको लागि सम्पूर्ण व्यवस्था भइसकेको जानकारी दिए ।
सोही कार्यक्रममा काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त प्रमुख जानुका ढकालले अहिले नेपालमा जलवायु परिवर्तनको असर देखिन थालेको, बेमौसमी बर्षा, बाडी, पहिरो, जाडोसँगै हिमालहरु कालापत्थरमा परिणत हुंदै गएको र काठमाडौँ उपत्यकामा शहरी बाडी, जमिन भासिने जस्ता समस्या देखा परेको प्रशंग उल्लेख गर्दै त्यसलाई जोगाउन वृक्षारोपण महत्वपुर्ण काम भएको उल्लेख गरे ।
समृद्ध नेपाल बन्नका लागि स्वस्थ नेपाल हुन आवश्यक छ । त्यहीँ स्वास्थ नेपाल बनाउने उदेश्यले प्राधिकरणले पानीको पुनर्भरण, वृक्ष रोपन, पोखरी संरक्षण , हरियाली पार्कहरु निर्माण गर्ने लगायतका कार्य अर्वन ईविए परियोजना मार्फत अगाडि बढाईरहेको बताए । प्राधिकरणले अघिल्लो वर्ष मध्यपुरठिमी , चागुनारायण,सुर्यविनायक,किर्तिपुर, अरनिको हाईवे, नख्खु करिडोर, बुढानीलकण्ठ र काठमाडौँ महानगर लगायत ठाउँमा ५ हजार बिरुवा रोपी सकेको छ भने यो वर्ष पनि पाँच हजार बिरुवा रोप्ने लक्ष्य लिएको छ । २०२६ सम्ममा चौध हजार बिरुवा रोप्ने लक्ष्य रहेको पनि प्रमुख आयुक्त ढकालले जानकारी दिए ।

प्राधिकरणले हालसम्म टेकोमा, कपुर, असोक, समी , कल्की लगायतका बिरुवा रोपेको छ । यसपालिको वृक्ष रोपणको शुरुवात टेकोमा बाट भएको छ । यसलाई पहेँलो घण्टी फूल पनि भनिन्छ । यो फूल चैतदेखि असोज सम्म फुल्छ, कुनै कुनै क्षेत्रमा बाह्रै महिना पनि फुल्ने गरेको पाइन्छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।