
काठमाडौँ।
ललितपुरको कुपण्डोलमा साझा यातायातको बस र कार एकआपसमा ठोक्किंदा एक जना महिला घाइते भएकी छन्। सोमबार बिहान करिब ७ बजेतिर ललितपुर महानगरपालिकास्थित कुपण्डोलमा बागमती प्रदेश ०१-०३१ च ३८६५ नम्बरको कार र बा ४ ख ५६४६ नम्बरको बस ठोक्किद कार चालक रचना बास्कोटा घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
प्रहरीका अनुसार उनको अल्का अस्पतालमा उपचार भइरहेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।