
काठमाडौं ।
राष्ट्रिय सूचना आयोगले आउँदो भदौ ३ गते देशव्यापी रूपमा राष्ट्रिय सूचना दिवस मनाउने भएको छ । राष्ट्रिय सूचना दिवसलाई देशव्यापी रूपमा मनाउन प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यको अध्यक्षमा मूल समारोह समिति गठन गरिएको छ ।
मूल समारोह समितिमा सूचना आयुक्त गगन विष्ट, दुर्गा भण्डारी पौडेल, सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सचिव सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सचिव गृह मन्त्रालय, सचिव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अध्यक्ष नेपाल नगरपालिका संघ, अध्यक्ष गाउंँपालिका महासंघ नेपाल, संयोजक प्रदेश अनुगमन इकाइ, सदस्य सचिवमा आयोगका राष्ट्रिय सूचना आयोगका सचिव रहनुभएको छ ।
विगत महिनामा आयोगमा परेको उजुरी ६८ वटा उजुरी परेको र यही अवधिमा २४ वटामा ७ दिनभित्र आदेश दिन निर्देशन दिइएको छ । सोही अवधिमा १ सय १० वटा उजुरी फछ्र्यौट गरिएको प्रमुख सूचना आयुक्त डा. आचार्यले जानकारी दिनुभयो । आयोगले विनाकारण सूचना नदिएका कारण कारवाही नगर्ने भनी दुईवटा आदेश भएको पनि उहाँले जानकारी दिनुभयो । यो अवधिमा ८ पटक इजलास बसी ३ सय ३५ वटा पत्राचार भएको पनि उहाँले जानकारी दिनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।