
काठमाडौं ।
आज बुधबार सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मंगलबार प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ३ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटबढ नभइ समान मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।