
झापा । जिल्लाका तीन स्थानमा तीन जना मृत फेला परेका छन् ।बुधबार अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अर्जुनधारा–४मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड–२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।