
पोखरा।
पोखरामा विद्यालयबाट घर हिँडेकी एक बालिका ६ दिन पछि सम्पर्कमा आएकी छन् । पोखरा महानगरपालिका १ बगरस्थित संस्कृत माविमा पढ्दै आएकी १२ वर्षीय पूर्णिमा तामाङ शुक्रबार विद्यालय छुट्टिभएपश्चात सम्पर्क विहीन भएकी थिइन । बुबा भीमबहादुर तामाङले बुधवार उनी सम्पर्कमा आएको र परिवारको जिम्मामा रहेको बताए । पोखरा १ सिम्पानी निवासी उनलाई ६ दिनदेखि खोजी गरेपनि भेटिएको थिएन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।