
काठमाण्डौ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिएको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष पंकज नेम्वाङले सम्मानपत्र र खादा ओढाएर बधाई दिएका थिए । कार्यक्रम ललितकृष्ण श्रेष्ठको दशौँ स्मृति दिवसको अवसरमा आयोजना गरिएको थियो। नेम्वाङले एन्फा र एनएसजेएफबीचको सहकार्यले नेपाली फुटबलको विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष निरञ्जन अधिकारीले फुटबललाई उद्योगका रूपमा लिएर सहकार्य गर्न मञ्च तयार रहेको बताए । अन्य वक्ताहरूले महिला फुटबल, पत्रकारहरूको भूमिका, र फुटबलप्रतिको चासोबारे आफ्ना धारणा राखे ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।