
अछाम ।
अछामको प्रमुख पर्यटकिय क्षेत्र रामारोशन जाने सडक पहिरोका कारण अवरुद्ध भएको छ । अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले शनिबार बिहान सुख्खा पहिरो खस्दा शान्तडा रामारोशन सडक अवरुद्ध भएको जानकारी दिए ।
प्रहरीका अनुसार सडकको करिब २५ मिटर भागमा माथिबाट आएको पहिरोले ढाकेको छ । सडक खुलाउनका लागि रामारोशन गाउँपालिकाले पहल गरिरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।