
काठमाडौँ।
काठमाडौँबाट चितवन जाँदै गरेको माइक्रोबस नागढुंगामा दुर्घटना भएको छ। काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा ३ ख ८६२९ नम्बरको माइक्रो बस चन्द्रागिरी नगरपालिका–२ नागढुंगा नजिकै शनिबार दिउँसो दुर्घटना भएको हो। दुर्घटनामा १९ जना घाइते भएका छन्।
दुर्घटनामा परी घाइते भएका सबै यात्रुलाई नेपाल एपीएफ अस्पताल बलम्बु पठाइएको सशस्त्र प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
उक्त बसमा चालक तथा सहचालकसहित २० जना सवार रहेका थिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।