
काठमाडौं ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक र सचेतकहरुबीच छलफल जारी रहेको छ ।
सभामुखको सचिवालयका अनुसार सिंहदरबारमा जारी बैठकमा संसदको अवरोध, संसदको क्यालेन्डरलगायत विषयमा छलफल जारी रहेको हो ।
भिजिट भिसा प्रकरणलाई लिएर गत जेठ १३ गतेदेखि संसद बैठक अवरोध हुँदा बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सत्ता पक्षसँग दुई बुँदे सहमति भएसँगै गत शुक्रबारबाट अवरोध गर्न छाडेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा लगायत दलले अवरोध जारी राखेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।