
काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सांसदहरूको विरोधकाबीच संसद बैठक चलाइएको भन्दै आपत्ति जनाएका छन् ।
आईतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आपत्ति जनाएका हुन् । उनले संसद्मा आन्दोलन भइरहँदा संसद् बैठक चलाउनु उचित नभएको बताए । उनले सत्तापक्ष र प्रतिपक्षीहरू सबै जनताले जिताएको जनप्रतिनिधि भएको बताए । उनले भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही भन्ने मागमा सबैले साथ दिन आग्रह गरे ।
सांसद शाहीले आन्दोलनका बिच संसद् चलाउनु संसदीय अभ्यास नभएको बताउँदै यो दादागिरी भएकोले दादागिरी बन्द गर्न आग्रह गरे ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृह मन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाले जेठ १३ देखि संसद् अवरोध गर्दै आएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।