
काठमाडौं ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष दीपक आचार्यले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्न खोजेको आरोप लगाएका छन्।
अनलाइन मिडिया, युट्युब र पत्रकारितासँग सम्बन्धित समसामयिक विषयमा सूचना तथा सञ्चार मन्त्रालयले भरतपुरमा आयोजना गरेको छलफल कार्यक्रममा उनले मिडियालाई नियमन गर्ने नाममा नियन्त्रणको प्रयास भइरहेको उनले यस्तो बताएका हुन्।
उनले पछिल्लो समय पत्रकार दिलभूषण पाठकलाई पक्राउ पुर्जी जारी गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको स्पष्ट भएको उल्लेख गरेका छन् । ‘युट्युब च्यानल दर्ता छैन भन्ने नाममा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्न पाइँदैन,’ उनले भने, ‘अहिले सरकारले ल्याउन लागेको सामाजिक सञ्जाल विधेयक मिडियामैत्री बनेको छैन ।’
यो विधेयक नेपाल पत्रकार महासंघलाई स्वीकार्य नभएको उनले प्रष्ट पारे। आचार्यले स्वरोजगारमूलक मिडियाहरू समस्यामा रहेको भन्दै तिनको स्थायित्वका लागि राज्यका सबै निकायले ध्यान दिनुपर्ने बताए।
आर्चायले भने सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नु पत्रकारको जिम्मेवारी रहेको भन्दै राज्यका निकायले सहजीकरण गर्नुपर्ने उनले बताए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।