
रौतहट ।
कटहरिया नगरपालिकाको आज एघारौँ नगरसभाले ५४ करोड, २५ लाख, ५२ हजार ४ सय ७५ रुपैयाँको अनुमानित बजेट प्रक्षेपण गरेको छ । आर्थिक वर्ष ०८२-८३ को लागि बजेट सार्वजनिक गर्दै नगरप्रमुख अजय प्रकाश जैयसवालले आन्तरिक आयबाट ४ करोड, नेपाल सरकार बाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान बाट १० करोड ९९ लाख सशर्त अनुदानबाट २० करोड ३२ लाख ५० हजार ९ सय ७२ रुपैयाँ राजश्व बाँडफाँटबाट १० करोड २८ लाख ६१ हजार ३ सय ७१, प्रदेश सरकार बाट वित्तीय समानिकरण ७५ लाख ६५ हजार राजश्व बाँडफाँट बाट ६१ लाख ७४ हजार ८ सय ९० रुपैयाँ स्थानीय सरकार राजश्व बाँडफाँट बाट ७ करोड २८ लाख २ सय ४२ रुपैयाँ आय रहेको सार्बजनिकिरण गरिएको छ ।
यस्तै नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख जैयसवालले नगरभित्रका नागरिकको संक्रमक लगायत सबै प्रकारका रोग र बिपद बाट नागरिकको जीवन रक्षा गर्दै जनजीबनलाई सहज र सुरक्षित बनाउने , उपलब्ध साधन स्रोत अबसर क्षमताको उच्चतम परिचालन गरी सिघ्र आर्थिक तथा सामाजिक विकासको गतिलाई निरन्तरता दिने, कृषि ब्यबसाय, पशुपालन मत्स्य पालनक्षेत्रको बिस्तार र उत्पादकत्व वृद्धि गर्ने, योजनाहरुको संचालन तथा कार्यान्वयनमा प्रविधिको प्रयोगलाई बढवा दिई तोकिएको समयमानै सम्पन्न गर्ने बातारण तयार गरिने, लक्षित वर्गको सशक्तीकरणका कार्यक्रम संचालन गर्ने, सबैलाई स्वच्छ पिउने पानी पुरयाउने अबधारणा अनुरुप सबै वडा टोल बस्तीमा खानेपानीको उपलब्धतालाई सहज बनाउने रहेको छ ।
यस्तै कृषि, पशुपन्छी, सहकारी, पर्यटन, शिक्षा, स्वास्थ्य खानेपानी तथा सरसफाइ, लैङ्गिक समानता तथा सामाजिक समाबेशिकरण, पूर्वाधार तथा सहरी विकास सम्बन्धी नीति, सिचाई, बिपद व्यवस्थापन, वातावरण सम्बन्धी नीति, कर्मचारी प्रशासन तथा जनशक्ति व्यवस्थापन सम्बन्धी नीति, राजश्व परिचालन, वित्तीय व्यवस्थापनको प्रभावकारी कार्य गर्नुको साथै नागरिक सुनवाइ गर्ने जस्ता कार्यक्रम आर्थिक वर्ष ०८२-०८३ मा गरिने छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।