बैशाख २८ । दाङका द्धन्दपीडितहरुले आफूहरुको माग पुरागराउने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । जिल्ला शान्ति समिति दाङले तुलसीपुरमा आज आयोजना गरेको स्थानिय तहको संबैधानीक अधिकार सम्बन्धी अभिमूखीकरणमा २०५९ सालमा छोरी र त्यसको एक बर्ष पछि अर्थात २०६० मा छोरालाई सुरक्षाकर्मीले गोली हानि हत्या गरेको तर राहत र क्षतिपुर्ति बाफतको रकम अझै पनि प्राप्त गर्न नसकेकी पवननगरकी हिरा भटराई बताउनुहुन्छ । बिद्यालय पढ्ने १९ बर्षिया छोरीको तुलसीपुर आउदै गर्दाको बखत र छोरालाई गाँउमै गोली हानि हत्या गरेको स्मरण गर्दै प्रति ब्यक्ती १० लाख मध्ये दुईजनाको २० लाख हुनुपर्नेमा १० लाख मात्र प्राप्त गरेको दुखेसो गर्नुभयो । छोरा र छोरीको हत्या पछि त्यसको ६ बर्षपछि श्रीमानको पनि चिन्तै चिन्ताले मृत्यु भयो,मलाई पनि रोगले समात्यो उहा भन्नुहुन्छ,कलेजोले काम गर्न छोड्यो,मुटुमा भल्ब राखेको छु,म मरेपछि बाँकी पैसाको के काम । महिनाको १० हजार रुपैया औषधि मात्र खर्च लाग्छ,ब्याजमा आधा रकम सरकारले कतै लगाईदिएको छ, भन्ने सुनेकी छु,उहा भन्नुहुन्छ । त्यसले दिने ब्याज भन्दा दोब्बर ब्याज लिएर औषधी खान्छु,मलाई त शान्ति दिने,द्धन्दपीडितको रोकिएको पैसा सजिलै गरि ल्याईदिने नेतालाई भोट दिन्छु उहाको भनाई छ । हिरा जस्तै रोल्पा जिल्लाको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा कार्यरत हुदा २०५६ सालमा माओबादीको एम्बुसमा परि ज्यान गुमाउनुभएका श्रीमानको स्मरण गर्दै हाल मानपुर बस्ने बद्रीदेबी रिजालले खानेपानी कार्यालयमा काम गर्ने श्रीमानले एम्बुसबाट गम्भीर घाईते हुदा पानी माग्दा माग्दै मृत्यु भएको पीडा सुनाउनुहुन्छ । सरकारले प्रति ब्यक्ती १० लाख दिने भन्दै आएको तर ५ लाख भने उतै कतै बिद्युत उत्पादनमा लगाएको सुन्न आएको छ,हामिलाई त्यो पैसा चाहिएको छ,ब्याज लिएर घर चलाउछौ,उहा भन्नुहुन्छ । खाना खाएर सडकमा निस्कीएको २०५९ सालमा १८ बर्षिय छोरा गुमाएकी तारादेबि दमाई आफु पनि गोली लागि घाईते हुनुभएको थियो । तुलसीपुर उपमहानगरपालीका श्रीगैको सडक छेउमा साझ पख बाहिर निस्कीएको छोरा ईश्वरी दमाईलाई तत्कालीन अबस्था सशस्त्र प्रहरीले गोली हानि हत्या गर्यो म पनि घटना स्थलमा पुगे छोरो मरि सकेको थियो,मेरो कुममा गोली लाग्यो । सरकारले राहत दिने नाँउमा १० लाखको कुरा गर्यो तर अहिले सम्म छोराको बाट ५लाख पाएको छु,आफु द्धन्दपीडित घाईते भएका कारण ७० हजार पाए,उहा भन्नुुहुन्छ । निर्बाचनमा केही बर्ष अघि पनि भोट हालेकी हु,खोई त राहत पुरा त आएन,यसपल्ट पनि चुनाव छ भन्ने सुनेकी छु,जसले द्धन्दपीडितको समस्या बुझि दिन्छ उसैलाई भोट दिन्छु,दमाई भन्नुहुन्छ । स्थानिय शान्ति समिति तुलसीपुर उपमहानगर स्तरीयका संयोजक छोटीलाल थारुको अध्यक्षता एबम, नागरीक समाज दाङका संयोजक टीकाराम रेग्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालीकाका समाज कल्यान अधिकृत टोपबहादुर डाँगी,मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिब सुशील बस्नेत लगायतले सम्बोधन गर्नुभएको थियो । उक्त अबसरमा शान्ति समितिका पुर्ब संयोजक बमहादुर डिसीले प्रशिक्षण,आधारपत्र स्थानिय शान्ति समिति तुलसीपुरका पूर्ब संयोजक नवराज लामीछाने र सहजीकरण पूर्ब संयोजक माधब लामिछानेले गर्नुभएको थियो । स्वागत मन्तब्य शान्ति समितिका सदस्य ओमप्रकास गुप्ता र धन्यबाद ज्ञापन सोमती चौधरीले गर्नुभएको थियो ।