
उदयपुर ।
उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा रहस्यमय ढंगले दुईजनाको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय बेल्टार चौदण्डीगढीका प्रमुख इन्स्पेक्टर बबिन राईका अनुसार एक युवक र एक बालिकाको शव फेला परेको हो ।
घटनाबारे थप अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।