
काठमाडौं ।
इरानले इजरायलले आक्रमण नरोक्ने हो भने युद्धविराम स्वीकार्य नहुने स्पष्ट पारेको छ।
इरानका विदेशमन्त्री अब्बास अराघ्चीले हालसम्म इजरायलसँग कुनै युद्धविराम सम्झौता नभएको बताउँदै इजरायली ुगैरकानुनी आक्रमणु रोकिने हो भने मात्र इरानले पनि आफ्नो प्रतिक्रिया रोक्ने चेतावनी दिएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मन्त्री अराघ्चीले सामाजिक सञ्जाल ह् ९पूर्व ट्विटर० मार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले इरानले स्थितिलाई थप तनावपूर्ण हुन नदिने प्रयास गरिरहेको संकेत दिए पनि अन्तिम निर्णय अझै नआएको स्पष्ट पारेका छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्ध अन्त्यका लागि युद्धविराममा सहमति भएको दाबी गरेका थिए। ट्रम्पका अनुसार सहमति चरणबद्ध रूपमा २४ घण्टा भित्र लागू हुने भनिएको थियो।
तर तेहरानबाट आएको आधिकारिक भनाइ ट्रम्पको दाबीसँग पूर्ण रूपमा मेल नखाने देखिएको छ। इरानी पक्षको कडा अडानले हालको तनावपूर्ण अवस्थालाई अझ अस्पष्ट बनाएको विश्लेषकहरूले बताएका छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।