नवलपरासी ।
पूर्वी नवलपरासीका अधिकांश नगर तथा गाउँ पालिकाहरूलाई आगामी आर्थिक वर्ष ८२\८३ को आय व्यय विवरण सार्वजनिक गरि परिषद सम्पन्न गर्न मंगलबार भ्याई नभ्याई भयो ।केही नगर तथा गाँउ पालिकाले भने यस अघिनै नीतिकार्यक्रम तथा आय व्यय सहितको बजेट ल्याएका थिए ।
सिमित स्रोत साधन र बजेटले वार्षिक योजना बनाई कार्यान्वयन गर्नु पर्ने, वडा वडाबाट आएका नयाँ योजनको सम्बोधन,क्रमागत योजनालाई आवश्यक रकम बिनियोजन जस्ता कुराले बजेट निर्माण र परिषद सक्न तोकिएको १० गतेको समय सिमाले जनप्रतिनिधिहरूलाई हुन सम्मको चटारो परेको हो ।
यसै बीच जिल्लाको पूर्वी नगर गैडाकोट नगरपालिकाले सबै भन्दा बढी चालू तर्फ ६३ करोड ३१ लाख ४६ हजार र पूँजिगतमा ४५ करोड ४० लाख ९८ हजार गरि कूल १ अर्व ८ करोड,७२ लाख ४४ हजार रूपैयाँको बजेट ल्याएको छ ।यसरी नै मध्यविन्दु नगरपालिकाले १ अर्व ५ करोड ३४ लाख ३९ हजार, सदरमुकाम स्थित कावासोती नगरपालिकाले १ अर्व ६१ लाख ४४ हजार र देवचुली नगरपालिकाले ८८ करोड ५४ लाख ५९ हजार बजेट सार्वजनिक गरेको छ ।

यसरी नै गाउँ पालिका तर्फ विनयी त्रिवेणी गाउँ पालिकाले ८३ करोड ६२ लाख १० हजार, हुप्सेकोटले ५५ करोड १० लाख ८० हजार, बोैदिकालिले ४८ करोड ५५ लाख ६७ हजार १२ र बुलिङ्गटार गाउँ पालिकाले ५० करोड ५५ लाखको बजेट पारित गरेको छ ।
यसै गरि नवलपरासी पश्चिममा पाल्हिन्दन गाउँपालिकाले १८ ओैं गाउँसभाबाट ५३ करोड ११ लाख,प्रतापपुर गाउँपालिकाले ७६ करोड ३९ लाख ६७ हजार ९ सय र सरावल गाउँपालिकाले ५३ करोड ३५ लाख ३५ हजार आव ०८२र८३ को बजेट पारित गरेको छ । पालिकाहरूले आफ्ना वार्षिक नीति तथा कार्यक्रममा कृषि,पशुपालन,पर्यटन,शिक्षा,स्वास्थ्य र रोजगारी सिर्जन ?
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।