
काठमाडौं ।
भारतबाट लागूऔषध लिएर नेपाल प्रवेश गर्ने क्रममा मकवानपुरको हेटौंडा–१५ स्थित रातोमाटे चेकप्वाइन्टमा ३ जना भारतीय नागरिक पक्राउ परेका छन्।
बुधबार बिहान करिब ६ बजे भारतको मोतीहारीबाट काठमाडौंतर्फ जाँदै गरेको बीआर ०१ एडब्ल्यू १४०४ नम्बरको कार चेकजाँच गर्दा ट्रामाडोल २५,४५५ क्याप्सुल र ओनेरेक्स १२० बोतल फेला परेको हो।
पक्राउ पर्नेमा मोतीहारीका उपेन्द्र यादव (२६), संजित कुमार यादव (२२) र सिकिन्दर महतो (३५) छन्। उनीहरूले कारको सिटमुनि र डिक्कीमा फल्स बटम बनाई लागूऔषध लुकाएका थिए।
प्रहरीले लागूऔषधसहित कार पनि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ। सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार रोक्न चेकजाँच कडा पारिएको प्रहरीले बताएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।