
काठमाडौं ।
रुकुम पश्चिममा १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा वाईसीएल कर्णाली प्रदेश सदस्य ३० वर्षीय रेशम खत्री पक्राउ परेका छन्। पीडितले १८ जेठमा उजुरी दिएकी थिइन्।
प्रहरीका अनुसार खत्री फरार रहँदै आएका थिए तर सानोभेरी गाउँपालिकामा लुकेको सूचनाका आधारमा पक्राउ गरिएको हो। पीडित किशोरीले बच्चा समेत जन्माइसकेकी छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।