
काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज बिहान ११:१५ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपतिको कार्यालयदेखि विभिन्न मन्त्रालयसम्मको छलफलमा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्।
साथै, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित आएका विनियोजन, आर्थिक, भन्सार, र राष्ट्र ऋण विधेयक सभामा प्रस्तुत गर्नेछन्। यस्तै, सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी सन्देश पनि टेबुल गरिनेछ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।