२९ असोज , एजेन्सी – इडिभी अन्तिम पटक भनि हल्ला चलिरहेको बेलामा असोज २४ गते मंगलबार बिहान ७ः१५ देखि सर्भर डाउन भएको थियो तर U.S. Embassy and Consulate in Ecuador का अनुसार इडिभी फर्म फेरी खुल्ने भएको छ । dvlottery.state.gov रहेकाे उक्त अाधिकारिक वेवसाइट २०७४ असोज १७ गते रातको ९:४५ देखि खुलेको एक हप्ता पछि नै सर्भर डाउन भएकोले प्रयोग कर्ता निराश भएका थिए । कुनै पनि वेवसाइटको सिमित क्षमता हुन्छ, क्षमता भन्दा माथि प्रयोगकर्ताले प्रयोग गर्न खोजेमा कुनै पनि वेवसाइटको सर्भर डाउन हुने गर्छ तर सम्बन्धित संस्थाका अनुसार केहि प्राविधिक समस्या भएकोले इडिभी दर्ता हुन सकेको थिएन ।
U.S. Embassy and Consulate in Ecuador ले जानकारी गराए अनुसार अक्टोबर १८ तारिख अर्थात् कार्तिक १ गते नेपाली समय अनुसार बेलुका ९:४५ बजेदेखि आवेदन दर्ता गर्न सकिने जानकारी गराएको छ। डिभीका नियममा यसवर्ष कुनै पनि परिवर्तन गरिएको छैन । तर अन्तिम म्याद नोभेम्बर २२ तारिख अर्थात् मङ्सिर २२ गते नेपाली समय अनुसार बेलुका ९:४५ बजे सम्मको लागि भने नकुर्न सम्बन्धित निकायले जनाएको छ ।
सन् २०१९ डाइभर्सिटी अप्रवासी भिसा कार्यक्रम वार्षिक रुपमा अमेरिकी विदेश मन्त्रालयले संचालन गर्ने एक चिट्ठा हो । यस अन्तर्गत विगत पाँच वर्षमा ५०,००० भन्दा बढी नागरिकहरु संयुक्त राज्य अमेरिकामा EDV अन्तर्गत नगएका देशहरुको नागरिकलाई छनोट गरी अमेरिकाको आप्रवासी भिसा प्रदान गर्छ ।