
काठमाडौं ।
उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा रूसलाई समर्थन गर्न आफ्ना थप २५ देखि ३० हजार सैनिक पठाउने तयारी गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आगामी महिनामा ती सैनिकहरू रूस पुग्नेछन्।
सीएनएनले युक्रेनी गुप्तचर जानकारी उद्धृत गर्दै, उत्तर कोरियाली सैनिकहरू रूसले कब्जा गरेका युक्रेनी भूभागमा लडाइँमा सहभागी हुने सम्भावना रहेको जनाएको छ।
यसअघि नोभेम्बरमा पठाइएका ११ हजारमध्ये करिब ४ हजार उत्तर कोरियाली सैनिक कुस्र्क क्षेत्रमा युक्रेनी आक्रमण रोक्दा मारिएका थिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।