
काठमाडौ ।
सिन्धुलीको सुनकोसी गाउँपालिकामा विद्यालय प्रधानाध्यापकलाई स्पष्टीकरण सोधिएको विषयलाई लिएर भएको १० दिन लामो तालाबन्दी मंगलबार अन्त्य भएको छ।
गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहालको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको समन्वयमा बसेको सर्वपक्षीय बैठकबाट प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखामा लगाइएको ताला खोलिएको हो।
प्रगतिशील नमुना माविकी प्रअ सरिता चौलागाईंमाथि अनियमितता र भुक्तानी हिनामिनाको आरोपमा अख्तियारमा मुद्दा दर्ता भएपछि गाउँपालिकामा तीनवटा उजुरी परेका थिए। सोही आधारमा शिक्षा कार्यविधि अनुसार स्पष्टीकरण सोधिएको थियो।
गाउँपालिका उपाध्यक्षसहित चार वडाध्यक्षले तालाबन्दी गरेपछि सेवा प्रवाह रोकिएको थियो। सर्वपक्षीय सहमति अनुसार छानबिन गरी प्रतिवेदन नियमनकारी निकायमा बुझाउने निर्णयसँगै तालाबन्दी खोलिएको हो। तालाबन्दी खुलेसँगै गाउँपालिकाको सेवा पुनः नियमित भएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।