
काठमाडौं ।
सिरहाको लहान नगरपालिका–१३, पक्कीटोलमा स्थानीयको सहयोग र चन्दा सङ्कलनमार्फत करिब २५ लाख लागतमा अस्थायी प्रहरी चौकीको पक्की भवन निर्माण गरिएको छ। सो भवनको उद्घाटन नगरप्रमुख महेशप्रसाद चौधरी र मधेश प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले संयुक्त रूपमा गरे।
नगरप्रमुख चौधरीले स्थानीयको एकता र सहयोगको प्रशंसा गर्दै यो भवन क्षेत्रका लागि बरदान भएको बताए। प्रहरी नायब महानिरीक्षक चतुर्वेदीले समुदाय–प्रहरी सहकार्य अपराध न्यूनीकरणमा प्रभावकारी हुने धारणा राखेका थिए।प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले प्रहरीलाई नागरिक र सरकारबीचको सेतु भनेका थिए।
२०६७ सालमा स्थापना भएको उक्त अस्थायी चौकी अहिले स्थानीय प्रयासमा पक्की संरचनामा परिणत भएको हो। अब चौकीलाई स्थायी बनाउने माग उठेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।