
काठमाडौं ।
नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरूले पार्टीले गरेका अनुशासन कारबाहीलाई वैधानिक नभएको निष्कर्ष निकालेका छन्। विशालनगरमा बसेको बैठकमा नेताहरूले पार्टी विधानअनुसार ६ महिनाभित्र कारबाही गर्नुपर्ने प्रावधान पालना नभएकाले कारबाही अमान्य भएको बताएका छन्।
नेता राजेन्द्र बजगाईंले कांग्रेसले एमालेको अनुसरण गर्दै अनुशासन कारबाही गरेको आरोप लगाए। अर्जुननरसिंह केसीले कारबाही पूर्वाग्रहपूर्ण भएको र विधानबाहिरको कारबाही स्वीकार्न नसकिने बताए।
शेखर समूहले कारबाहीको पुनरावलोकनको माग गर्दै बृहत् भेला गर्ने तयारी गरेको छ। कांग्रेसले गत निर्वाचनमा अन्तरघात गरेको आरोपमा १८ जना नेता–कार्यकर्तालाई निष्कासन गरेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।