
काठमाडौं ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुःख दिएको गुनासो बढेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कडा कदम चालेको छ। सफ्टवेयर बिग्रेको बहानामा सेवा अवरुद्ध भएको भन्दै कर्मचारीहरू आर्थिक चलखेलमा संलग्न भएको उजुरी आएपछि सहसचिव सुवास ढकालको नेतृत्वमा अनुगमन टोली त्रिपुरेश्वरस्थित कार्यालय पुगेको थियो। अनुगमनमा सेवा अवरुद्ध, कर्मचारी अनुपस्थित, र प्रणालीमा पहुँचको अभाव देखिएको थियो।
प्रधानमन्त्री कार्यालयले उद्योग वाणिज्य मन्त्रालयलाई २४ घण्टाभित्र सेवा सुचारु गर्न र तीन दिनभित्र दोषी कर्मचारीको नाम सार्वजनिक गरी कारबाही गर्न निर्देशन दिएको छ। कम्पनी ऐन २०७४ संशोधनपछि जरिवाना छुटको व्यवस्था कार्यान्वयनमा दलालमार्फत घुस लिइएको गुनासोसमेत आएपछि सरकारले थप निगरानी बढाएको हो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।