काठमाडौं ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस धादिङका पूर्व जिल्ला सभापति तथा प्रजातान्त्रिक आन्दोलनका अग्रणी भरतप्रसाद उप्रेतीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
उनले उप्रेतीको योगदानलाई सदैव स्मरणीय रहने भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
साथै, कोइरालाले उप्रेतीको निधनले पार्टीले सच्चा र आदर्शवान नेता गुमाएको उल्लेख गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।