
काठमाडौं ।
सिन्धुलीको फिक्कल गाउँपालिका–३ चनौटेका ४१ वर्षीय इन्द्र आले मगरको रूखबाट लडेर मृत्यु भएको छ। तीनअंके डाँडा सामुदायिक वनमा घाँस काट्ने क्रममा खसेका उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै निधन भएको हो।
चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए।बीपी राजमार्ग अवरुद्ध हुँदा उनलाई खुर्कोट हुँदै मन्थली–चरिकोटको बाटोबाट काठमाडौं लैजाने तयारी गरिएको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।