
काठमाडौंं ।
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा ४०० रुपैयाँले वृद्धि भई १ लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँ कायम भएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।