
काठमाडौँ ।
अध्यागमन र भिजिट भिसा सम्बन्धी समस्या समाधानका लागि सरकारले गठन गरेको पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वको उच्चस्तरीय समिति सक्रिय रूपमा काममा लागेको छ। समितिले विभिन्न सरोकारवाला निकायसँग छलफल र कागजात संकलन कार्य तीव्र बनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, वैदेशिक रोजगार विभाग, गृह, श्रम, पर्यटन, परराष्ट्र लगायतका मन्त्रालयका अधिकारीहरूसँग समिति छलफलमा जुटेको छ। भिजिट भिसाको दुरुपयोग, नक्कली कागजात प्रयोग र अध्यागमनमा देखिएको सेटिङजस्ता समस्याका विषयमा समितिले अनुसन्धान गरिरहेको छ।
समितिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा असर नपर्ने गरी तीन महिनाभित्र अध्ययन प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।