
काठमाडौं ।
नेपाल प्रेस युनियनको केन्द्रीय समितिको बैठक थापागाउँस्थित कार्निभल रेष्टुरेन्टमा सुरु भएको छ। बैठकमा वरिष्ठ उपाध्यक्ष प्रेम केसीले स्वागत मन्तव्य राखेका थिए भने मनोनीत सल्लाहकार तथा केन्द्रीय सदस्यहरूलाई स्वागत गरिएको छ।
बैठकमा तीन वर्षे कार्यकालको समीक्षा, कार्यसमिति विस्तार, अधिवेशन मिति तय, विधान संशोधन तथा सदस्यता शुद्धीकरण लगायतका विषयमा छलफल हुनेछ। अध्यक्ष शिव लम्सालले जेठमा केन्द्रीय महाधिवेशन गर्ने गरी तयारी गर्न आग्रह गरेका छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।