
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति २०८२|८३ बाट कर्जामा सहजीकरण, घरजग्गा र साना व्यवसायमा लगानी प्रवाह बढ्ने अपेक्षा गरिएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।
मौद्रिक नीतिप्रति धारणा सार्वजनिक गर्दै महासंघले नीतिमा नीतिगत दर घटाएर ब्याज घटाउने संकेत दिइएको छ भने पहिलो घर खरिदका लागि कर्जा सीमा ३ करोड पुर्याइएको, कृषि, साना व्यवसाय, मिडिया, शिक्षा–स्वास्थ्य क्षेत्रमा सहज ऋण व्यवस्थाका साथै जोखिम बहन र पूर्वाधार विकासका लागि कोष बनाउने व्यवस्था गरिएको, शेयर धितो कर्जा सीमा १५ करोडबाट २५ करोड पुर्याइँदा पूँजी बजारमा सकारात्मक संकेत देखिएको जनाएको छ।
त्यस्तै विदेशी लगानी अभिवृद्धिका लागि विनियमावली संशोधन, रेमिट्यान्स प्रणालीको सुधार, डिजिटल भुक्तानी र ग्राहक विवरण प्रणालीमा सहजीकरण पनि नीति समेटिएको भन्दै महासंघले नीति सकारात्मक भएको तर यसको कार्यान्वयनमा स्पष्ट निर्देशिका आवश्यक रहेको धारणा राखेको छ
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।