
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली आज महोत्तरी र बारा जिल्लामा आयोजना गरिएको विभिन्न विकास परियोजनाको उद्घाटन तथा सभामा सहभागी हुन जाँदैछन्।
महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुल, वडा नं ६ मा नवनिर्मित प्रसूतिगृह, जनकपुर–कुर्था–सम्सी सडकखण्डअन्तर्गत रौजास्थित रातुखोला पुलको उद्घाटन तथा आमसभा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, बाराको परवानीपुर गाउँपालिकामा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन तथा सभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।