
काठमाडौं ।
सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १: १५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिनेछ।
त्यसैगरी, आज अर्थ, कृषि सहकारी, शिक्षा स्वास्थ्य सूचना प्रविधि, सार्वजनिक लेखा, र राज्यका निर्देशक सिद्धान्तसम्बन्धी पाँचवटा संसदीय समितिको पनि बैठक बस्नेछ। समितिहरूले बजेट सिफारिस, भूमि विधेयक, मिडिया काउन्सिल, महालेखा प्रतिवेदन तथा संसद् भवन निर्माणको प्रगतिबारे छलफल गर्ने कार्यसूची तय गरिएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।