
काठमाडौं ।
राजनीतिक संरक्षणको आडमा चक्रे मिलन उर्फ मिलन गुरुङले निरन्तर गुण्डागर्दी गर्दै आएको जनगुनासो बढ्दै गएको थियाे। स्थानिय बासिन्दाहरूका अनुसार मिलनको समूहले डर त्रास फैलाउने, अवैध असुली गर्ने र सार्वजनिक शान्ति भंग गर्ने कार्यहरू गर्दै आएको थियाे ।
काठमाडौँको महाराजगन्जस्थित साम्बाला होटलमा जन्मदिन मनाइरहेका चक्रे मिलन (मिलन गुरुङ) र उनका सहयोगीसहित ४७ जनालाई प्रहरीले गएराति पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले अपरेसन चलाएर उनीहरूलाई राति १ बजे समातेको हो।
प्रहरीले उनीहरूको निगरानी केही दिन अघिदेखि गर्दै आएको थियो। भक्तपुरमा चक्रे समूहका गाडीहरू सडक छेकेर हिँडेको भिडियोका आधारमा अनुसन्धान अघि बढाइएको थियो। पक्राउ परेकाहरूको साथबाट दुईवटा खुकुरी, फोल्डिङ रड र पेपर स्प्रे फेला परेको प्रहरीले जनाएको छ।
सुरक्षा निकाय र राज्य संयन्त्रले यस्ता तत्वहरूलाई काबार्हि नगरेसम्म आम जनताको विश्वास राज्यप्रति घट्दै जाने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।