
काठमाडौं ।
लगातारको वर्षाका कारण सिन्धुली खण्डको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। गोलञ्जोर गाउँपालिका–६ अकरेभिरमा पहिरो र लेदो खस्दा सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ ।
ओखलढुङ्गाबाट काठमाडौं जाँदै गरेको भैँसी लोड गरिएको ट्रक हिलोमा फसेको छ भने अन्य तीन ट्रक पनि होल्ड गरिएको छ। बलेनी क्षेत्रमा पनि माथिबाट पहिरो खस्दा सडक पूर्णरूपमा बन्द भएको हो।
खुर्कोट–घुर्मी सडकखण्डमा सवारी रोकिएका छन् भने पूर्वी जिल्लाबाट राजधानी जाने सवारीलाई केही समय पर्खन प्रहरीले आग्रह गरेको छ। पहिरो पन्छाउने प्रयास जारी छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।