
काठमाडौं ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
देशभर सामान्यतया बदली रही अधिकांश स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ। महाशाखाले सम्भावित भारी वर्षाका कारण आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।