
सप्तरी ।
सप्तरीमा प्रहरीले हवाई फायर गर्दै दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बडिविरपुर–१ का विशाल राय र डाक्नेश्वरी–७ का मनोज राय रहेका छन्। एसएसपी कृष्ण कोइरालाका अनुसार उनीहरूलाई नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गरिएको थियो।
पक्राउ परेकाहरूको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।