काठमाडौँ ।
जिल्ला प्रहरी कार्यालय खोटाङद्वारा पीडित पुनः भेटघाट कार्यक्रम (Victim Revisit Program) सम्पन्न गरिएको छ। कार्यक्रममा पहिले अपराधबाट पीडित व्यक्तिहरूसँग पुनः सम्पर्क गरी उनीहरूको हालको अवस्था, सुरक्षाको अवस्था र न्याय प्राप्तिको अनुभवबारे जानकारी लिइएको थियो।
यस कार्यक्रमले प्रहरी र समुदायबीचको विश्वास बढाउनुका साथै पीडितप्रति प्रहरीको उत्तरदायित्व र समर्पणलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
प्रहरी कार्यालयका अनुसार यस्तो कार्यक्रमले पीडितहरूको मनोबल वृद्धि गर्नुका साथै उनीहरूको समस्या समाधानमा सहयोग पुग्ने विश्वास लिइएको छ।

यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।