
काठमाडौं ।
देशभर मनसुनको प्रभाव कायम रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज दिउँसो कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्य बदली रही केही स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। राति पनि देशभर सामान्य बदली रहनेछ भने केही प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।